काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । यो सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको छ ।
स्थायी कमिटीको बैठकअघि नै प्रधानमन्त्री ओली र प्रचण्डबीच दुई पटक छलफल भएको थियो ।
ओलीको यस्तो सहमतिपछि संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने पनि सहमति जुटेको छ ।