काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेको स्रोतले बतायो ।
उनले आज मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए । आज बसेको मन्त्रि परिषदको बैठकले राष्ट्रपति समक्ष संसद विघटन गर्ने सिफारिस गरेको एक मन्त्रिले बताए ।
उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदैछ । यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए ।
सत्तारुढ दलभित्रै अल्पमतमा रहेका प्रधानमन्त्रीको राजीनामाको माग चर्किरहेका बेला संसद अधिवेशन माग भएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभा नै विघटन गर्ने कदम चालेका हुन्।