Logo

सोमवार, श्रावण २५ गते २०८३

images

स्वाबलम्बन लघुवित्तले लाभांश प्रस्ताव गर्यो

स्वाबलम्बन लघुवित्तले लाभांश प्रस्ताव गर्यो

दैनिकी न्यूज

५, पौष २०७७
स्वाबलम्बन लघुवित्तले लाभांश प्रस्ताव गर्यो
images

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस ३ गते शुक्रबार सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ।

images
प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - १०:४३:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology