Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शेयर बजार राताम्मेः नेप्से परिसूचक ९६.८८ अंकले घट्यो

शेयर बजार राताम्मेः नेप्से परिसूचक ९६.८८ अंकले घट्यो

दैनिकी न्यूज

५, पौष २०७७
शेयर बजार राताम्मेः नेप्से परिसूचक ९६.८८ अंकले घट्यो
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो पहिलो दिन आज (आइतबार) राताम्मे भएको छ । आज नेप्से ९६ दशमलव ८८ अंकले घटेर १ हजार ९३५ दशमलब ६३ विन्दुमा थामिएको छ । आज ८ अर्ब ८५ करोड ७२ लाख ७४ हजार ९४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूह राताम्मे भएको छन् ।

आज कारोबारमा आएका समुहगत सूचक घटेका छन्। आज युनाईटेड इदी मर्दीको शेयरमूल्य सबैभन्दा धेरै ९.८० प्रतिशतले बढेको छ। त्यस्तै आज दर्जन बढी कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ। 

संसद विघटनको सिफारिससँगै देशमा राजनीतिक अस्थिरता हाबी हुने त्रासले लगानीकर्ताको मनोबल कमजोर बनेको छ । 

images
प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - १५:१०:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology