Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्से दोहोरो अंकले बढ्यो, ६ अर्ब ६९ करोडको कारोबार

नेप्से दोहोरो अंकले बढ्यो, ६ अर्ब ६९ करोडको कारोबार

दैनिकी न्यूज

६, पौष २०७७
नेप्से दोहोरो अंकले बढ्यो, ६ अर्ब ६९ करोडको कारोबार
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज दोहोरो अंकले बढेकोे छ । आज नेप्से ३० दशमलव ३३ अंकले अंकले बढेर १ हजार ९६५ दशमलब ९६ विन्दुमा पुगेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.०१ अंकले बढेर ३७६.५६ को उचाइमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २०२ कम्पनीका १ करोड २३ लाख ८२ हजार ४८२ कित्ता सेयर ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ३५४ रुपैयाँमा कारोबार भएको छ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । यो दिन बीमा समूह सर्वाधिक २०२.५५ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन समूह १४१.८७ अंक, बैंकिङ समूह २१.०६ अंक, विकास बैंक समूह १४.६६ अंक, जलविद्युत् समूह २५.१४ अंक, वित्त समूह ३.०८ अंक, निर्जीवन बीमा समूह ७५.२५ अंक, अन्य समूह ३८.१९ अंक र लघुवित्त समूहमा ३४.५३ अंकले बढेको छ । उता व्यापारमा समूह सबैभन्दा धेरै ३७.३३ अंकले गिरावट आएको छ। यो दिन होटेल्स् समूह २३.०६ अंक र म्युचुअल फन्ड समूह ०.०२ अंकले गिरावट आएको हो ।

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ७२ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ३९ लाख, एनआईसी एसिया बैंकको ४४ करोड ८० लाख रुपैयाँ, नबिल बैंकको ३१ करोड ७६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २७ करोड रुपैयाँ, नागरिक लगानी कोषको २१ करोड ९३ लाख रुपैयाँ, नेपाल टेलिकमको २१ करोड ३२ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १६ करोड ७४ लाख रुपैयाँ, एसीसी बैंकको १५ करोड ४९ लाख रुपैयाँ र प्रभु बैंकको १४ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

images
प्रकाशित मिति :पौष ६, २०७७ सोमवार - १६:०५:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology