Logo

सोमवार, श्रावण २५ गते २०८३

images

औपचारिक रुपमा फुट्यो नेकपा !

औपचारिक रुपमा फुट्यो नेकपा !

दैनिकी न्यूज

६, पौष २०७७
औपचारिक रुपमा फुट्यो नेकपा !
images

काठमाडौं । नेकपा औपचारिक रुपमा मंगलबार विभाजन हुने भएको छ । दुईजना अध्यक्षले फरक-फरक स्थान र समयमा केन्द्रीय कमिटी राखेपछि नेकपा बनेको ३२ महिनामा औपचारिक रुपमा पार्टी विभाजन हुने भएको हो ।     प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी निर्वाचनको मिति तोकेपछि पार्टी विभाजनका लागि नेकपाका दुवै समूह अन्तिम तयारीमा जुटेका छन् । ओली समूहले मंगलबार बिहान ९ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएको छ भने अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको छ । बैठकमा दुवै पक्षले केन्द्रीय सदस्यको हस्ताक्षर संकलन पनि गर्नेछन् । ओली समूहबाट पार्टी कार्यालय सचिव ईश्‍वरी रिजालले ९ बजे वालुवाटारमा बैठक बस्ने सूचना दिएका छन् भने अध्यक्ष दाहाल र नेता नेपालसमूहबाट केन्द्रीय कार्यालयका अर्का सचिव श्रीराम ढकालले केन्द्रीय सदस्यहरुलाई बैठकको सूचना पठाएका छन् । दुवै पक्षले बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई सूचना पठाएका छन् । दुवै पक्षले केन्द्रीय कमिटी बैठकबाट एकअर्कामाथि कारबाही गर्नेछन । प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई पुस ५ गते नै कारबाही गरिसकेको छ । स्थायी कमिटीले गरेको कारवाही अनुमोदन गर्न नेकपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो ।  पार्टी विभाजन भए सूर्य चिन्हलाई लिएर विवाद तीब्र विवाद हुने नेताहरू बताउँछन्  । नेकपाको चुनाव चिन्ह सूर्य हुनेगरी निर्वाचन आयोगमा दर्ता छ । केन्द्रीय कमिटीमा बहुमत प्राप्त दललाई पार्टीको नाम, झण्डा र चुनाव चिन्ह दिनुपर्ने व्यवस्था छ । प्रचण्ड-नेपाल पक्षले सोमबार नै निर्वाचन आयोगमा ओलीलाई कारवाही गरेको जानकारी गराइसकेको छ ।

images
प्रकाशित मिति :पौष ६, २०७७ सोमवार - २३:३२:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology