Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

ङादी ग्रुप पावरले प्रस्ताव गर्यो लाभांश

ङादी ग्रुप पावरले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

७, पौष २०७७
ङादी ग्रुप पावरले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । ङादी ग्रुप पावरले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लााभांश प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको पुस ६ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त बोनस शेयरधनीलाई वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी ५८ करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।

यस्तै उक्त बैठकले बोनस पछि कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय पनि गरेको छ ।

सोही बैठकले पुस २८ गते मंगलबार बिहान १० बजे कम्पनीको रजिष्टार्ड कार्यालय हनुमानस्थान अनामनगरमा ७ औं साधारण सभा समेत बोलाएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १५ गते बुधबार बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १४ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन ।

images
प्रकाशित मिति :पौष ७, २०७७ मंगलवार - १५:३५:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology