बारा । कलैया उपमहानगरपालिका वडा नं. ४ भरत चोकस्थित साह लजबाट कौडा खेलिरहेको अवस्थामा लज संचालक सोही उपमहानगरपालिका वडा नंं ५ कलैया बस्ने ४५ वर्षीय राजकिशोर साह
लगायत ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद ३ लाख १४ हजार ३ सय ५७ रुपैयाँ र १६ वटा कौडा सहित फेला पारी पक्राउ गरेको हो ।
हारजित हुने गरी जुवातास खेलीरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, डीएसपी गौतम मिश्रले बताए । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।