Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मेगा बैंकको साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?

मेगा बैंकको साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?

दैनिकी न्यूज

८, पौष २०७७
मेगा बैंकको साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?
images

काठमाडौं । मेगा बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ । बैंकको केन्द्रिय कार्यालय कमलादीमा बिहान ११ः३० बजे सभा गर्ने भएको हो । सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जानकारी गराएको छ ।

सभाले १० प्रतिशत बोनस शेयर र ३ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, यस बैंकमा अर्को कुनै बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने मर्जर तथा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि शेयधनीदर्ता पुस्तिका पुस १७ गते बन्द रहनेछ । बुक क्लोजको आधारमा पुस १६ गते बिहीबारसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

images
प्रकाशित मिति :पौष ८, २०७७ बुधवार - १५:०५:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology