काठमाडौं । एनएमबि बैंकले पुस २९ गते २५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
बैंक सञ्चालक समितिको पुस ७ गते बसेको ४१३ औँ बैठकले कृष्ण टावर, नयाँ बानेश्वरमा बिहान १०ः३० बजेका लागि साधारण सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १३ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ३।२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ। त्यस्तै अधिकृत पूँजी १६ अर्ब रुपैयाँबाट बढाएर २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि साधारण सभाबाट पारित गराउनेछ ।
सभामा भर्चुअल माध्यमबाट पनि सहभागी हुनसक्ने गरी लगानीकर्तालाई मिटिङको आइडी र पासवर्ड प्रदान गरिने बैंकले जनाएको छ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस १६ गते बिहीबार बुक क्लोज गर्ने जनाएको छ । जस अनुसार पुस १५ गते बुधबारसम्म कायम रहने शेयरधनीहरुले मात्रै बैंकको लाभांश पाउनेछन् ।