Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल बैंकको साधारण सभा पुस २९ गते

नेपाल बैंकको साधारण सभा पुस २९ गते

दैनिकी न्यूज

८, पौष २०७७
नेपाल बैंकको साधारण सभा पुस २९ गते
images

काठमाडौं । नेपाल बैंक लिमिटेडले वार्षिक साधारण सभा पुस २९ गते आव्हान गरेको छ । कम्पनीले सभा प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो ।

सभाले १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६–०७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका पुस १६ गते (एक दिन) बन्द रहनेछ । बुक क्लोजको आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

images
प्रकाशित मिति :पौष ८, २०७७ बुधवार - १३:२२:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology