काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको पुस ८ गते बुधबार बसेको पुस २९ गते बिहान ११ बजे कम्पनीको कार्यालय हात्तिसारमा ९ औं वार्षिक साधारण सभा बोलाएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएको हो ।
साधारण सभाबाट कम्पनीले कोरोना कोषमा वितरण गरेको ५० लाख रुपैयाँ सहयोग अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने एक जना संचालकको चयन गर्ने प्रकृया कोरोना संक्रमणको असर सहज भएपछि आवश्यक निर्णय गर्ने लगायतका विष्यहरु पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १७ गते शुक्रबार बुकक्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १६ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।