Logo

आइतवार, श्रावण २४ गते २०८३

images

संसद विघटन गर्ने ओली कदमबारे यसो भन्छ भारत ?

संसद विघटन गर्ने ओली कदमबारे यसो भन्छ भारत ?

दैनिकी न्यूज

९, पौष २०७७
संसद विघटन गर्ने ओली कदमबारे यसो भन्छ भारत ?
images

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको निर्णयपछि नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई भारतले अध्ययन गरिरहेको जनाएको छ । बिहीबारको नियमित पत्रकार सम्मेलनमा भारतले नेपालको पछिल्लो राजनीतिबारे औपचारिक धारणा सार्वजनिक गरेको हो । संसद् विघटनलगायतका निर्णयहरु नेपालको आन्तरिक मामिला भएकाले लोकतान्त्रिक विधिअनुसार निर्णय गर्ने अधिकार पनि नेपालकै भएको भारतले बताएको छ । नेपालको पछिल्लो घटनाक्रममा भारतको के प्रतिक्रिया छ भन्ने सन्चारकर्मीहरुको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबारको नियमित पत्रकार सम्मेलनमा त्यस्तो प्रतिक्रिया दिएका हुन् । ‘नेपालको राजनीकि घटनाक्रमलाई हामीले नोट गरेका छौं । यो नेपालको आन्तरिक मामिला हो । लोकतान्त्रिक विधिअनुसार नेपालले नै आवश्यक निर्णय गर्नेछ,’ प्रवक्ता श्रीवास्तवले भने । विगतमा नेपालका सानातिना राजनीतिक घटनाक्रममा समेत आफ्नो धारणा सार्वजनिक गर्ने गरेको भारतले प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार संसद् विघटन गर्ने निर्णय गरेको पाँच दिनसम्म पनि कुनै पनि प्रतिक्रिया जनाएको थिएन ।

images
प्रकाशित मिति :पौष ९, २०७७ बिहिवार - २१:५६:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology