Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ओली सरकार विरुद्ध उत्रिए प्रचण्ड- नेपाल, आन्दोलनको घोषणा

ओली सरकार विरुद्ध उत्रिए प्रचण्ड- नेपाल, आन्दोलनको घोषणा

दैनिकी न्यूज

९, पौष २०७७
ओली सरकार विरुद्ध उत्रिए प्रचण्ड- नेपाल, आन्दोलनको घोषणा
images

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको हो । बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन समिति गठन गरेको हो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १० गते बिहान १० बजे दाहाल–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु माइतीघरमण्डलामा उपस्थित हुने कार्यक्रम तग भएको छ । त्यहाँको प्रदर्शनपछि सोही टोली निर्वाचन आयोगमा जाने भएको छ । यो समूहले सोही दिन नै २ बजे पत्रकार सम्मेलन राखेको छ । प्रवक्ता श्रेष्ठले नेपाल बन्दसम्म गर्नेसम्म पनि हुने बैठकमा बताएका छन् । आन्दोलनका कार्यक्रम काठमाडौंमा बढी केन्द्रित हुनेछन् ।

पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन आयोजना गरिएको छ । कार्यक्रमअन्तर्गत ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ । बैठकले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ । नेकपाको दाहाल–नेपाल समूहको बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार सबै केन्द्रीय सदस्यसहित निर्वाचन आयोग र सर्वोच्च अदालत जाने निर्णय गरेको छ । शुक्रबार बिहान १० बजे सर्वोच्च र दिउँसो १२ बजे आयोग जाने निर्णय भएको हो । आफूहरू आधिकारिक रहेको दाबी गर्न आयोग र संसद् जीवित छ भनेर देखाउन सर्वोच्च जाने निर्णय भएको स्थायी कमिटी सदस्य भीम आचार्यले जानकारी दिए । स्थायी कमिटीलगत्तै उक्त समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

images
प्रकाशित मिति :पौष ९, २०७७ बिहिवार - २२:१०:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology