ललितपुर । ललितपुरको ग्वार्कोमा टाटा सुमोको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त, सातदोबाटोका प्रमुख डिएसपी मित्रबन्धु शर्माका अनुसार बिहीबार राति बि एन्ड बी अस्पताल अगाडि, आकाशे पुल नजिक प्रदेश–३–००१ च ०७१३ नम्बरको टाटा सुमोले ठक्कर दिँदा बि एण्ड बी अस्पतालमा कार्यरत दुई कर्मचारीको मृत्यू भएको छ ।
सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको गाडीले उनीहरूलाई ठक्कर दिएको हो ।
मृत्यु हुनेमा तनहुँ सोतीवेशी घर भइ ललितपुरको हरिसिद्धीमा बस्दै आएकी ३४ वर्षीय सुनिता सोती सापकोटा र ४६ वर्षीय कृष्णप्रसाद तिमल्सिना रहेका छन् ।
सुमोको ठक्करबाट घाइते भएका उनीहरुलाई उपचारका लागि तत्काल बि एन्ड बी अस्पताल लगिएको थियो । उनीहरूको उपचारकै क्रममा मृत्यु भएको शर्माको भनाई छ ।
सुमो चालक दोलखा, शैलिङ्गेश्वर–८ घर भइ इमाडोलमा डेरा गरी बस्ने वर्ष ३१ का मिनबहादुर तामाङलाई महानरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।