काठमाडौं । सेयर किनबेच वापत लगानीकर्ताले तिर्नु पर्ने सेयर ब्रोकर कमिशन घटेको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार अधिकतम ०.४० प्रतिशत हुने गरी कमिशन घटाएको हो । यस अघि ब्रोकर कमिशत अधिकतम् ०.६० प्रतिशतसम्म रहेको थियो ।
बोर्डले आइतबार देखि लागु हुनेगरी ६० प्रतिशतसम्म ब्रोकर कमिसन घटाएको छ। बोर्डले पछिल्लो समय धितोपत्रबजारमा अनलाईन कारोबारमा ८५ प्रतिशतले बढेको भन्दै ब्रोकर कमिशन घटाएको बोर्डले जारि गरेको बिज्ञप्तिमा उल्लेख छ।
