Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्से सूचक दोहोरो अंकले घट्यो

नेप्से सूचक दोहोरो अंकले घट्यो

दैनिकी न्यूज

१२, पौष २०७७
नेप्से सूचक दोहोरो अंकले घट्यो
images

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकले घटेको छ । आज परिसूचक ३९.९८ अंकले घटेर १९९८.६५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.३३ अंकले घटेर ३८१.४३ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २०४ कम्पनीका ८२ लाख ५४ हजार ७०८ कित्ता सेयर ४ अर्ब ६६ करोड ९३ लाख ६३ हजार ६५८ रुपैयाँमा कारोबार भएको छ।

आज नेप्से उपसमूहमा रहेका १२ वटै समूहको शेयर मूल्यमा गिरावट आएको छ । यो दिन जीवन बीमा समूह सर्वाधिक ५१९.४८ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह २३८.४५ अंक, बैंकिङ समूह २३.१२ अंक, व्यापार समूह ७.३१ अंक, होटेल्स् समूह ९३.११ अंक, जलविद्युत् समूह ३०.६९ अंक, वित्त समूह ५.०३ अंक, उत्पादन तथा प्रशोधन समूह ४६.०४ अंक, अन्य समूह ४३.१७ अंक, लघुवित्त समूह ४१.८५ अंक र म्युचुअल फन्ड समूह ०.०५ अंकले घटेको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ६८ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ४० करोड ४९ लाख, एनआईसी एसिया बैंकको २६ करोड ८५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ६४ लाख रुपैयाँ, नागरिक लगानी कोषको १९ करोड ७५ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १७ करोड ८२ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १५ करोड ४६ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १३ करोड ७६ लाख रुपैयाँ, एसीसी बैंकको ११ करोड ८४ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १० करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

आज नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीहरु मालामाल भए। यो बैंकको सेयरमूल्यमा आज झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट नै लाग्यो।

यो दिन विशाल बजार कम्पनी र सोल्ट होटेलका सेयरधनीहरुले धेरै गुमाए। विशाल बजारको सेयरमूल्य ६ प्रतिशतको हाराहारीमा र सोल्टी होटेलको सेयरमूल्यमा ५ प्रतिशत बढीले गिरावट आएको छ। 

images
प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - १६:२०:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology