Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्दै

आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्दै

दैनिकी न्यूज

१३, पौष २०७७
आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्दै
images

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज नेपाली कांग्रेसले देशभर प्रदर्शन गर्ने भएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते संसद् विघटन गरेपछि नेपाली कांग्रेसले यसको विरोध गर्दै आएको छ । यसैक्रममा आज देशभर प्रदर्शन गर्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले आइतबार एक वक्तव्य जारी गरि कांग्रेसले सर्वसम्मतिबाट आन्दोलनमा जाने निर्णय गरेको भन्दै उत्साहजनक सहभागिताका लागि अपिल गरेका थिए ।

‘संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्णरुपले एकसाथ उभिएको छ,’’ देउवाको वक्तव्यमा भनिएको छ, ‘‘जारी केन्द्रीय कार्यसमितिमा म आफैँले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’’

images
प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - १०:२०:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology