काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) सामान्य अंकले बढेको छ ।
आज नेप्से ८.५७ अंकले बढेर दुई हजार ७ दशमलब २९ विन्दुमा पुगेको छ भने ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ वटा समूह घटेका छन् भने ९ वटा समूह बढेका छन् । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ९७.७९ अंकले बढेको छ । निर्जीवन बीमा समूह ७५.३३ अंक, जीवन बीमा समूह २९.६५ अंक, बैंकिङ समूह ९.३४ अंक, होटेल्स् समूह ३.४३ अंक, जलविद्युत् समूह २.७४ अंक, वित्त समूह २.०५ अंक, लघुवित्त समूह ६.०८ अंक र म्युचुअल फन्ड समूह ०.०३ अंकले बढेको छ ।
यो दिन व्यापार समूह सर्वाधिक ४८.६५ अंकले ओरालो लागेको छ। विकास बैंक समूह १०.२९ अंक, अन्य समूहमा ०।९८ अंकको गिरावट आएको छ।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ३४ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नागरिक लगानी कोषको ३२ करोड ३५ लाख, एनआईसी एसिया बैंकको ३० करोड रुपैयाँ, नबिल बैंकको २४ करोड ३४ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको २१ करोड १७ लाख रुपैयाँ, एनसीसी बैंकको १८ करोड ११ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको १२ करोड ७४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ४९ लाख रुपैयाँ, प्रभु बैंकको ९ करोड १८ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकको ८ करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
आज दुईवटा कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। नारायणी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सका सेयरमूल्यमा झन्डै १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको हो।
यो दिन एसबीएल डिबेन्चर–२०८२ को इकाइमूल्यमा सबैभन्दा बढी ८ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।