काठमाडौं । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद (कर प्रयोजनसहित) लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्दैछ । साधारण सभा प्रयोजनका लागि पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बैकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न आजसम्म सेयरधनी बनिसक्नुपर्नेछ । बैंकको साधारण सभा पुस २९ गते आव्हान गरेको छ ।
सभा बैंकको रजिष्टर्ड कार्यालय, कमलादी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभा भर्चुअल माध्यमबाट सञ्चालन बैंकले जनाएको छ ।