काठमाडौं । बिहीबार नेपाल बैंक, एनएमबि बैंक र सेञ्चुरी कमिर्सियल बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबार सोही मूल्यलाई आधार मानेर ती बैंकको कारोबार खुल्नेछ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेपाल बैंकको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजनपछि भाउ प्रतिकित्ता ३३१ रुपैयाँ कायम गरेको छ । बिहीबार नेपाल बैंकको सेयर कारोबार सोही मूल्यलाई आधार मानेर खुल्नेछ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ३७१ रुपैयाँका आधारमा मूल्य समायोज गरेको हो ।
त्यस्तै, एनएमबि बैंकको पनि १३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयरपछि एनएमबिको सेयर भाउ प्रतिकित्ता ३७८ रुपैयाँ कायम भएको छ । एनएमबिको बुधबारको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४२७ रुपैयाँ थियो ।
त्यस्तै, सेञ्चुरी कमर्सियल बैंकको पनि ५.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयरपछि सेञ्चुरीको सेयर भाउ प्रतिकित्ता १९९ रुपैयाँ कायम भएको छ । सेञ्च्ुरको बुधबारको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २०९ रुपैयाँ थियो ।
नेपाल बैंक, एनएमबि बैंक र सेञ्चुरी कमर्सियल बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्न बिहीबार (पुस १६ गते) बुक क्लोज गरेका हुन् । नेपाल बैंकले सभामा १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यस्तै, एनएमबिले पनि गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र ३.२० प्रतिशत नगद गरी कुल १६.२०५ लाभांश दिन लागेको छ । उता, सेञ्चुरी कमर्सियल बैंकले पनि गत वर्ष २०७६–७७ को मुनाफाबाट ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद गरी कुल ७.५० प्रतिशत लाभांश दिन लागेको छ ।