Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरमा ९ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

ललितपुरमा ९ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

दैनिकी न्यूज

१७, पौष २०७७
ललितपुरमा ९ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ
images

ललितपुर । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–३ इमाडोल बोझेपोखरी डेरा गरी बस्ने झापा भद्रपुर नगरपालिका वडा नं. २ घर भएका ४२ वर्षीय हर्क बहादुर बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

हर्क बहादुरले ती बालिकालाई आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग टिकाथलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धानको लागि जबरजस्ती करणीमा जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप भई अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी मित्रबन्धु शर्माले जानकारी दिए ।

images
प्रकाशित मिति :पौष १७, २०७७ शुक्रवार - १२:५०:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology