काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ शुक्रवार नेप्सेमा सूचीकृत भएको छ । यससँगै कम्पनीको उक्त सेयर आइतबार (पुस १९ गते) देखि दोश्रो बजारमा किनबेच हुनेछ, जसको लागि कम्पनीको सिम्बोल पीएलआई दिइएको छ । ।
इन्स्योरेन्स कम्पनीले संस्थापकतर्फको १ करोड ४० लाख र सर्वसाधारण तर्फको ६० लाख कित्ता गरी कुल २ करोड कित्ता शेयर सूचीकृत गराएको हो ।
आइतवारदेखि कारोबार योग्य भएको यो शेयरको पहिलो कारोबारका लागि नेप्सेले १०१ दशमलव ५९ देखि ३२८ दशमलव ६८ रुपैयाँको मूल्य रेञ्ज तोकेको छ ।
प्रभु लाईफ इन्स्योरेन्सले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।
कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि कमलादीकाे प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।