Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शेयर बजारमा नयाँ रेकर्ड कायम, कारोबार रकम छ अर्ब ३४ करोड

शेयर बजारमा नयाँ रेकर्ड कायम, कारोबार रकम छ अर्ब ३४ करोड

दैनिकी न्यूज

१९, पौष २०७७
शेयर बजारमा नयाँ रेकर्ड कायम, कारोबार रकम छ अर्ब ३४ करोड
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज (आइतबार) नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से २ हजार १७५ विन्दु पार गरेसँगै नयाँ रेकर्ड कायम भएको हो । यस अघि नेप्सेले १६ पुस २०७७ मा २ हजार ८७ दशमलब २७ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । आज नेप्से ८८.१२ अंकले बढेर २ हजार १ सय ७५ दशमलब १२ विन्दुमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १७.१८ अंकले बढेर ४१५.८८ को विन्दुमा आएर बनद भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २१२ कम्पनीका १ करोड ४० लाख २६ हजार ८८६ कित्ता सेयर ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँमा कारोबार भएको छ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज बैंकिङ समूह ७०.९२ अंक, व्यापार समूह २२१.५७ अंक, होटल्स समूह ३४.८४ अंक, विकास बैंक समूह ४६.१ अंक, जलविद्युत समूह ३८.९३ अंक, वित्त समूह ७.६६ अंक, निर्जिवन विमा समूह २६८.४२ अंक, उत्पादन समूह २६४.४४ अंक, अन्य समूह १०३.४४ अंक, लघुवित्त समूह ७७.६ अंक, जीवन विमा समूह ५५०.९५ अंक र म्युचल फण्ड समूह ०.०२ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड ९५ लाख ७५ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकको ५० करोड २६ लाख २ हजार रुपैयाँको कारोबार भएको छ। यस्तै नेपाल दूरसंचार प्राधिकरणको ४५ करोड ७ लाख ९१ ह्जार रुपैयाँ, नेपाल पुनर्बिमा कम्पनीको २७ करोड ५२ लाख ५९ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको २७ करोड ३७ लाख ९६ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ। 

बजारमा सबैभन्दा बढी हिमालयन डिष्टिलरी र साल्ट ट्रेडिङ्गका सेयरधनीले १०/१० प्रतिशत कमाएका छन् । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीकाे सेयर मूल्य ९.९७ प्रतिशतले बढेकाे छ । प्राइम कमर्शियल बैंककाे साधारण सेयर ९.८६ प्रतिशत र संस्थापक सेयर ९.७४ प्रतिशतले सेयर मूल्य बढेकाे छ । त्यसैगरी, कुमारी बैंकका सेयरधनीले ९.१३ प्रतिशत, गुराँस लघुवित्त वित्तीय संस्था र नेशनल माइक्राेफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ९.११/९.११ प्रतिशत कमाएका छन् ।

गुमाउनेमा राधी विद्युत कम्पनीका सेयरधनीले सबैभन्दा बढी अर्थात ४.२९ प्रतिशत गुमाएका छन् । आइतबार कम्पनीकाे सेयर मूल्य १३ रूपैयाँले घटेर प्रतिकित्ता २९० रूपैयाँमा झरेकाे छ ।

images
प्रकाशित मिति :पौष १९, २०७७ आइतवार - १५:१५:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology