Logo

आइतवार, श्रावण २४ गते २०८३

images

संसद विघटन विरुद्ध काङ्ग्रेस पनि सडकमा, संघर्षका कडा कार्यक्रम घोषणा

संसद विघटन विरुद्ध काङ्ग्रेस पनि सडकमा, संघर्षका कडा कार्यक्रम घोषणा

दैनिकी न्यूज

२०, पौष २०७७
संसद विघटन विरुद्ध काङ्ग्रेस पनि सडकमा, संघर्षका कडा कार्यक्रम घोषणा
images

ललितपुर । नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ । केही दिन स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका कार्यक्रम ल्याएको हो । केन्द्रीय सदस्य कल्याण गुरुङका अनुसार पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको छ । कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणबाट मुक्त भएपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि आजको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका थिए । बैठकमा उनले संसद् पुनर्स्थापना र निर्वाचन पनि नहुने अवस्थामा मुलुक पुग्न लागेको भन्दै कांग्रेस चुप लागेर बस्न नहुने बताएका थिए । उनले पनि तत्काल विरोधका कार्यक्रम घोषणा गर्नुपर्ने दबाव नेतृत्वलाई दिएका थिए ।

images
प्रकाशित मिति :पौष २०, २०७७ सोमवार - ००:०४:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology