Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मुख्यमन्त्री राई सहित ८ जनालाई २४ घण्टे स्पष्टीकरण सोधियो, चित्त नबुझे के होला ?

मुख्यमन्त्री राई सहित ८ जनालाई २४ घण्टे स्पष्टीकरण सोधियो, चित्त नबुझे के होला ?

दैनिकी न्यूज

२३, पौष २०७७
मुख्यमन्त्री राई सहित ८ जनालाई २४ घण्टे स्पष्टीकरण सोधियो, चित्त नबुझे के होला ?
images

बिराटनगर । प्रचण्ड- नेपाल नेतृत्वको नेकपाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत आठ जनासँग  स्पष्टीकरण सोधेको छ । पुस १५ गते संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाएर भीमप्रसाद आचार्यलाई चयन गरेपछि पुस १९ गते बसेको संसदीय दलको बैठकमा उपस्थित नभएको र पार्टी हितविपरीत काम गरेको भन्दै राईलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो । मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्यत्रय इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्कीलाई स्पष्टीकरण सोधिएको उपनेता टंक आङ्बुहाङले बताए । मुख्यमन्त्री राई निकट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतलाई भने स्पष्टीकरण सोधिएको छैन । सचेतक सौभाग्य राईद्वारा हस्ताक्षरित पत्र हुलाकबाट पठाएको उपनेता आङ्बुहाङले बताए । दलको बैठक बोलाउने अधिकार संसदीय दलको विधानले प्रमुख सचेतकलाई दिएको तर बैठक उपनेताले बोलाउनु नै विधान विपरीतको कार्य भएको प्रमुख सचेतक राजभण्डारीले बताए । पुस १९ गते आफू दिनभरि संसदीय दलको कार्यलयमा बसिरहँदा पनि कोही नआएको अवस्थामा कहाँ बैठक बसेको उनले प्रतिकृया दिए । बैठक नै नबसी कोठे निर्णयका आधारमा एउटा पत्र लेख्दैमा स्पष्टीकरण सोध्न नमिल्ने राजभण्डारीको भनाइ थियो । उनले दलको विधानअनुसार दलको नेता मुख्यमन्त्री राई रहेको बताए । नेकपाले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ । उक्त प्रस्तावमा हस्ताक्षर गरेकामध्ये मुख्यमन्त्री राईले स्पष्टीकरण सोधी जवाफ नदिने १६ जनालाई तीन महिनाका लागि निलम्बन गरिसकेको छ ।

images
प्रकाशित मिति :पौष २३, २०७७ बिहिवार - ००:२५:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology