Logo

आइतवार, श्रावण २४ गते २०८३

images

रिजालले भने- ओली पनि ज्ञानेन्द्र जस्तै बिदा हुन्छन् !

रिजालले भने- ओली पनि ज्ञानेन्द्र जस्तै बिदा हुन्छन् !

दैनिकी न्यूज

२३, पौष २०७७
रिजालले भने- ओली पनि ज्ञानेन्द्र जस्तै बिदा हुन्छन् !
images

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रजस्तै बिदा हुने बताएका छन् । सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको भनाइ छ । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा गरेको अन्तर्क्रियामा नेता रिजालले सरकारले घोषणा गरेको चुनाव बैशाखमा नहुने पनि बताए । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरु सधैंभरी अग्रगमनको पक्षमा रहने बताए । उनले प्रतिगमनको पक्षमा नजाने उनको भनाइ थियो । पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक दलहरु यसको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।

images
प्रकाशित मिति :पौष २३, २०७७ बिहिवार - ००:३७:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology