काठमाडौं । सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
राष्ट्रियसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले आज बसेको मन्त्रिपरिषद्ले माघे सक्रान्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताए।
माघे संक्रान्ती थारू जातिहरूको मात्र नभएर सबैको राष्ट्रिय पर्व भएकोले सार्वजनिक बिदा दिने निर्णय गरिएको पनि उनले बताए।