Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बैशाखमा चुनाव नभए ओली नेपाल बस्ने अवस्था हुँदैन

बैशाखमा चुनाव नभए ओली नेपाल बस्ने अवस्था हुँदैन

दैनिकी न्यूज

१, माघ २०७७
बैशाखमा चुनाव नभए ओली नेपाल बस्ने अवस्था हुँदैन
images

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्ट्रपति र प्रधानमन्त्रीले  अदालतलाई प्रभावित पार्न खोजेको आरोप लगाएका छन् । पर्वतको फलेबास नगरपालिका–शंकरपोखरीमा सहिद हरिदत्त तिवारीको १८ औं स्मृति सभालाई बिहीबार सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्रीले अदालतलाई निर्देशन दिएको भन्दै आपत्ति जनाए । ‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्रीले पाउँछ ? राष्ट्रपतिले पाउँछ ? प्रधानमन्त्रीज्यूले सडकमा बहस गर्दै हिँड्नुभएको छ । अदालतमै वकिल राखेर बहस गर्नुस् । किन सडकमा बहस गर्दै हिँड्नुभएको छ ?’ सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका बारेमा बोल्न नमिल्ने भन्दै देउवाले ओली त्यसको खिलापमा उत्रिएको आरोप लगाए । ‘अदालतमा विचाराधीन मुद्दामा ओलीले यो गर र त्यो गर भन्दै हिँडेका छन् । संविधानको व्याख्या गर्ने अधिकार अदालतको हो’  देउवाले भने । देउवाले कांग्रेस विधिको शासन मान्ने र संस्कार बोकेको पार्टी भएकोले सडकबाट अदालतको विरोध नगर्ने र अदालतको निर्णयको पर्खाइमा रहेको बताए । पछिल्लो समय अदालतले प्रतिनिधिसभा विघटनको मुद्दालाई सदर गरेको खण्डमा वैशाखमा निर्वाचन नहुने आशंका बढेकोप्रति कटाक्ष गर्दै देउवाले यदि त्यसो हुन नसके प्रधानमन्त्री ओली देशमा बस्नै नसक्ने अवस्था आउने बताए । ‘प्रतिनिधिसभा विघटनको मुद्दा सदर भयो र वैशाखमा निर्वाचन भएन भने जनताले अब ओलीलाई छोड्दैनन् । उनी यो देशमा बस्न सक्ने स्थिति रहँदैन,’ देउवाले भने ।

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १९:५५:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology