Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रतिनिधि सभा विघटन सम्बन्धि रिटको सुनुवाइ संवैधानिक इजलासमै हुने !

प्रतिनिधि सभा विघटन सम्बन्धि रिटको सुनुवाइ संवैधानिक इजलासमै हुने !

दैनिकी न्यूज

२, माघ २०७७
प्रतिनिधि सभा विघटन सम्बन्धि रिटको सुनुवाइ संवैधानिक इजलासमै हुने !
images

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन सम्बन्धि परेको रिटमाथिको सुनवाइ संवैधानिक इजलासमा गर्ने भएको छ । शुक्रबार प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथिको बहसपछि इजलासले बृहत् पूर्ण इजलास गठनको माग अस्वीकार गरेको हो । १३ रिट निवेदकमध्ये १२ ले बृहत् पूर्ण इजलासको माग गरेका थिए । तर संवैधानिक इजलासले उक्त माग अस्वीकार गर्दै सोही इजलासले हेर्ने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जानकारी दियो । साथै ती रिट निवेदनमाथि माघ ४ गते आइतबारदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । बहसका क्रममा सरकारी पक्षले बृहत् पूर्ण इजलासको माग संविधान र कानुनविपरीत रहेको तर्क गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - १७:५२:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology