काठमाडौं । नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशभरका पालिकाहरूमा प्रदर्शन गर्न लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेयता सो कदमको विरोध गरिरहेको कांग्रेसले आज देशभरका सबै पालिकामा प्रदर्शन गर्न लागेको हो। देशभर प्रदर्शन गर्न लागेपनि कांग्रेस प्रतिनिधि सभा पुन:स्थापना गर्नतर्फ लाग्ने या चुनावमा जाने भन्नेबारे दोधारमा छ। पार्टी सभापति शेरबहादुर देउवा चुनावमा जान इच्छुक देखिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुन:स्थापनामा लाग्नुपर्ने अडान राखिरहेका छन्। कांग्रेसले यसअघि तय गरेको आन्दोलनका कार्यक्रमअन्तर्गत माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्नेछ।