Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपालको खुलासा, ओली सरकार गिराउन यसरी हुँदैछ आन्दोलन

नेपालको खुलासा, ओली सरकार गिराउन यसरी हुँदैछ आन्दोलन

दैनिकी न्यूज

३, माघ २०७७
नेपालको खुलासा, ओली सरकार गिराउन यसरी हुँदैछ आन्दोलन
images

दाङ । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले अब लोकतन्त्र जोगाउन नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको बताएका छन्। शनिबार दाङको घोराहीमा प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले लोकतन्त्र रक्षाको लागि लामो समयदेखि संघर्षरत नेपाली कांग्रेस अब फेरि लोकतन्त्र जोगाउने जिम्मेवारीमा अग्रसर हुने आशा व्यक्त गरे। ‘लोकतन्त्र जोगाउने जिम्मेवारी फेरि पनि कांग्रेस र हाम्रो काँधमा आएको छ ,’ नेपालले भने, ‘त्यसका लागि कांग्रेससँग कुरा भइसकेको छ र अन्य दलसँग पनि संयुक्त आन्दोलनको लागि वार्ताको तयारी भइरहेको छ।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि सकारात्मक माहोल बनेको भन्दै नेकपा अध्यक्ष नेपाललले प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध संयुक्त रुपमा मिलेर आन्दोलन गर्ने वातावरण निर्माण हुन थालेको बताए।

images
प्रकाशित मिति :माघ ३, २०७७ शनिवार - १४:३१:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology