Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

४, माघ २०७७
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ७०० रुपैयाँले घटेको हो । यो गिरावटसँगै आज प्रतितोला छापावाल सुन ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।

गत साता अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज चाँदी तोलाको १ हजार २३० रुपैयाँ कायम भएको छ। गत साता शुक्रबार चाँदीको भाउ १५ रुपैयाँले बढेर १ हजार २६० रुपैयाँ कायम भएको थियो।

images
प्रकाशित मिति :माघ ४, २०७७ आइतवार - ११:१९:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology