Logo

आइतवार, श्रावण २४ गते २०८३

images

चिनियाँ राजदूतले रास्ट्रपति भण्डारीलाई किन भेटिन ?

चिनियाँ राजदूतले रास्ट्रपति भण्डारीलाई किन भेटिन ?

दैनिकी न्यूज

४, माघ २०७७
चिनियाँ राजदूतले रास्ट्रपति भण्डारीलाई किन भेटिन ?
images

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । राजदूत होउले गएको शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर भण्डारीसँग भेटवार्ता गरेको स्रोतले जनाएको छ । ढिलो गरि आइतबार बेलुका मात्र यो समाचार पुष्टि भएको हो । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा रास्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि नेपाली राजनीति संकटमा परेको बेला राजदूत सक्रिय भएकी छिन । तर राजदूत र रास्ट्रपति भेटवार्ताबारे राष्ट्रपति कार्यालय र सरकारी पक्षले प्रतिक्रिया दिन अस्वीकार गरेको छ । नेकपाभित्रको विवादलाई कारण देखाउँदै प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि चिनियाँ राजदूत होउको राष्ट्रपति भण्डारीसँग तेस्रोपटक भेटवार्ता गरीकी हुन् । प्रतिनिधिसभा विघटन भएको केही दिनमै होउ राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेकी थिइन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा भएको नयाँ राजनीतिक घटनाक्रमलाई बुझ्न पठाएको टोलीसँग पनि होउ शीतल निवास गएकी थिइन् । प्रतिनिधि सभा विघटन पछि सत्तारूढ दल नेकपा विभाजित छ । प्रचण्ड- नेपाल नेतृत्वको नेकपा सडक आन्दोलनमा छ । यस्तै काङ्ग्रेस, जनता समाजवादी पार्टी पनि सडक आन्दोलनमा छ । उनिहरुले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् ।

images
प्रकाशित मिति :माघ ४, २०७७ आइतवार - २२:५५:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology