Logo

आइतवार, श्रावण २४ गते २०८३

images

फेरि जनआन्दोलन गर्न जुरुक्क उठाउने प्रचण्डको त्यो भषण !

फेरि जनआन्दोलन गर्न जुरुक्क उठाउने प्रचण्डको त्यो भषण !

दैनिकी न्यूज

४, माघ २०७७
फेरि जनआन्दोलन गर्न जुरुक्क उठाउने प्रचण्डको त्यो भषण !
images

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले देशमा निकै ठूलो षड्यन्त्र भएको बताएका छन् । काठमाडौंमा आइतबार आयोजित आफू निकट अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई घुमाएर निरंकुशताको ठाउँमा पुर्‍याउने र अँध्यारो युगमा हाल्ने षड्यन्त्र भएको बताएका हुन् । ‘यहाँ निकै ठूलो षड्यन्त्र भइराखेको छ । इतिहासलाई पुरै धकेल्ने, घुमाएर निरंकुशताको ठाउँमा पुर्‍याउने र देशलाई अँध्यारो युगमा हाल्ने षड्यन्त्र भएको छ । एउटा शब्द खुब सुनिन्छ नि आजभोली सेटिङ भइसक्यो रे । यो सेटिङ भन्ने शब्द अहिले डरलाग्दो छ,’ उनले भने, ‘केपी ओली र केपीका मान्छेले भन्दै हिँडेका छन् । हुँदाहुँदा अदालतलाई पनि केपीले राजनीतिक निर्णय हुनुपर्छ भनेका छन् । निर्वाचन आयोगलाई पनि भनेका छन् । हामीले त अदालत र निर्वाचन आयोगप्रति विश्वासमात्रै व्यक्त गरेका छौं ।’ यस्तो षड्यन्त्र र प्रतिगामीहरुको मुटु हल्लिने गरी आवेगमय आन्दोलन चाहिएको पनि प्रचण्डले बताए । ओलीले शाकाहारी आन्दोलनलाई नगन्ने भन्दै उनले भने, ‘हाम्रो आन्दोलन अलि आवेगमय हुनु पर्‍यो । अलि जुझारु, आक्रामक हुनु पर्‍यो । शाकाहारी जस्तो हुनु भएन । बाघ, सिंह गज्रे जस्तो हुन पर्ने भयो । ती प्रतिक्रान्तिकारीहरुको मुटु हल्लिन पर्‍यो । त्यस्तो आन्दोलन चाहिएको छ ।’ प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने भन्दै दाहालले कार्यकर्ताको रक्षाका लागि आन्दोलनको अग्रपंक्तिमा आफू हुने बताए । उनले कार्यकर्तालाई जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार भएको दाबी गरे । ‘माघ ९ गतेको प्रदर्शनमा हामी अग्रपंक्तिमा हुन्छौं । हिजो गिरिजाबाबु, माधव, झलनाथजीहरुले लाठी खाएजस्तै मलाई किन किन मेरो टाउको चिलाएको हो कि के हो ? तपाईंहरु पछाडि, म अगाडि बस्छु र लाठी खान मन लागेको छ । म त्यो स्परिडमा छु,’ प्रचण्डले भने, म तपाईंहरुको टाउको जोगाउन मेरो टाउको फुटाउन तयार छु । तर, यो प्रतिगमनलाई कुनै हालतमा सफल हुन दिइने छैन । हजारौं सहिद र योद्धाहरुको सपना खेर जाने छैन । नेपाललाई प्रतिगमनतिर लैजाने सोचेको छ भने त्यो भ्रम हो ।’ ओली र उनका मान्छेले सर्वोच्च अदालत, निर्वाचन आयोगलाई समेत धम्काउँदै हिँडेको उनले बताए । ‘केपी र उनी नजिकका मान्छेहरुले सेटिङ भइसक्यो, सूर्य पनि भनेको हाम्रै हुन्छ भनेको देख्दा, अदालतले पनि हामीले भनेअनुसार नै गर्छ भनेको देख्दा यो सेटिङ शब्दभित्र के रहस्य हो भन्ने चिन्ता लागेको छ,’ दाहालले भने, ‘म यो मञ्चबाट सर्वोच्च अदालत र निर्वाचन आयोगलाई शंका गर्न चाहन्न । तर केपीको सेटिङलाई त शंका गर्न पाइयो नि हामीले ?’ सिंगो देश ओलीको असंवैधानिक कदमको विरोधमा उभिएको भन्दै प्रचण्डले त्यसको नेतृत्व आफुँहरुले लिनु पर्ने बताए ।

images
प्रकाशित मिति :माघ ४, २०७७ आइतवार - २३:२१:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology