Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते

दैनिकी न्यूज

६, माघ २०७७
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते
images

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ । यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण सो दिन अपराह्न १ बजे तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ ।

कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध बिहीबार ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेसले विघटनविरुद्ध यसअघि सबै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र तथा पालिकामा विरोध प्रदर्शन गरिसकेको छ ।

images
प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - ०६:०६:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology