काठमाडौं । सरकारले बढाएको पेट्रोलियम पदार्थमा मुल्य फिर्ता लिन नेपाल विद्यार्थी संघ माग गरेको छ। नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्यवृद्धि गरेको थियो। नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मंगलबार विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।
‘जनताको ढाड भाँच्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन ओली सरकारलाई चेतावनी दिन चाहन्छु,’ उनले भनेका छन्। तर नेपाल आयल निगमले भने भारतबाटै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकोले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थमा मूल्य बढाइएको बताएको छ। मूल्य वृद्धि गरे पनि अर्धमासिक रूपमा निगमलाई ४९ करोड नोक्सान हुने अनुमान गरेको छ।