Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रतिनिधि सभा विघटनको विषय सर्वोच्चमा के भइरहेको छ ?

प्रतिनिधि सभा विघटनको विषय सर्वोच्चमा के भइरहेको छ ?

दैनिकी न्यूज

९, माघ २०७७
प्रतिनिधि सभा विघटनको विषय सर्वोच्चमा के भइरहेको छ ?
images

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै अधिवक्ताहरुले बिहिवार प्रश्न उठाएपछि  महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेस गरेका छन् । शुक्रबारको इजलासमा महान्यायाधिवक्ता खरेलले राजपत्र पेस गरेका हुन् । बिहीबारको सुनुवाइका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्र प्रकाशन नभएको भन्दै प्रश्न उठाएका थिए । त्यसपछि इजलासले महान्यायाधीवक्तालाई राजपत्र छ कि छैन भनेर प्रश्न गरेको थियो । महान्यायाधिवक्ता खरेलले राजपत्र बुझाएपछि अनिलकुमार सिन्हाले बिहीबार आफूले खोज्दा राजपत्र नभेटेको बताएका थिए । उनले भने, 'हिजो मैले राजपत्रका कुरा उठेपछि मागेको थिए । मेरो पीएलाई पनि खोज्न लगाए वेबसाइटमा भेटिएन ।' सरकारले बिहीबार साँझ मात्र राजपत्र प्रकाशन गरेको हो । महान्यायाधिवक्ताले शुक्रबार इजलासलाई राजपत्र दिँदै आफू कामविशेषले हिजो अफिस फर्केको बताए । सरकारले पुस ५ गतेकै मिति राखेर राजपत्र प्रकाशन गरेको हो ।

images
प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - १५:५४:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology