भक्तपुर । चाँगुनारायण नगरपालिका ४ नयाँ खोरियास्थित खुल्ला चौरमा जुवा खेलिरहेको अवस्थामा काठमाडौं जोरपाटी दक्षिण ढोका बस्ने दोलखा सैलुङ घर भएकी ३१ वर्षीया लक्ष्मी तामाङ लगायत १२ जनालाई नगद १ लाख ७३ हजार रुपैयाँ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी चाँगुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।