Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यसरी बन्यो शेयरबजारमा नयाँ रेकर्ड

यसरी बन्यो शेयरबजारमा नयाँ रेकर्ड

दैनिकी न्यूज

१५, माघ २०७७
यसरी बन्यो  शेयरबजारमा नयाँ रेकर्ड
images

काठमाडौं । साताको अन्तिम दिन आज (बिहिबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ ।

आज नेप्सेमा ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार बराबरको करोबार भएको स्टकले जनाएको छ । । यो कारोबार हालसम्मकै उच्च हो । यस अघि २०७७ साल माघ ११ गते आइतबार नेप्सेमा ९ अर्ब ३७ करोड ६० लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज नेप्से १६.५५ अंकले घटेर दुई हजार चार सय २५ दशमलब २९ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ समूह बढेका छन् भने अन्य ९ समूह घटेका छन् ।

कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको दिन सेन्सेटिभ इन्डेक्स भने ४ दशमलव ३२ अंक घटेर ४४२ दशमलव शून्य ६ विन्दुमा बन्द भएको छ ।

आज ९ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज ९ प्रतिशत भन्दा बढीले बढ्ने कम्पनीहरुमा सुर्योदय लघुवित्त वित्तिय संस्था, प्रभु लाईफ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, सारथी नेपाल लघुवित्त, एभरेष्ट इनस्योरेन्स कम्पनी, गरिमा विकास बैंक, शिखर इन्स्योरेन्स, हिमालयन डिस्ट्रिलरी र सपोर्ट माइक्रोफाइनान्स रहेका छन् ।

बिहीवार भएको शेयर कारोबार कित्तापनि हालसम्मकै उच्च रहेको छ । यस अघिको कारोबारमा २ करोडभन्दा कम कित्तामात्र शेयर कारोबार भएको थियो । कारोबार रकममा सर्वाधिक हिस्सा भने नेपाल लाइफ इन्स्योरेन्सलेनै ओगटेको छ ।  

उक्त कम्पनीको रू. ५७ करोड ६८ लाख ९१ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६२ ले घटेर अन्तिम मूल्य रू. २ हजार ३४९ कायम भएको छ । बुधवार सर्किट लेभलमा बढेको कम्पनीको मूल्य बिहीवार २ दशमलव ५७ प्रतिशत घटेको हो ।

बिहीवार निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३ दशमलव ३८ प्रतिशतले बढेको छ । यो दिन उत्पादन तथा प्रशोधनको २ दशमलव ८२ प्रतिशत र लघुवित्तको २ दशमलव १४ प्रतिशतले परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ ।

बैंकिङ समूहको सर्वाधिक २ दशमलव ३४ प्रतिशत परिसूचक घटेको हो भने व्यापारिकको शून्य दशमलव १७ प्रतिशत, होटलको १ दशमलव २७ प्रतिशत, विकास बैंकको १ दशमलव ७२ प्रतिशत, जलविद्युतको १ दशमलव २१ प्रतिशत, वित्तको १ दशमलव ५५ प्रतिशत, अन्यको शून्य दशमलव ५७ प्रतिशत, जीवन बीमाको शून्य दशमलव २४ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ७९ प्रतिशत परिसूचक घटेको हो । 

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १७:१३:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology