Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बुटवल पुगेर प्रचण्डले प्रधानमन्त्री ओलीबारे खोले यस्तो रहस्य

बुटवल पुगेर प्रचण्डले प्रधानमन्त्री ओलीबारे खोले यस्तो रहस्य

दैनिकी न्यूज

१६, माघ २०७७
बुटवल पुगेर प्रचण्डले प्रधानमन्त्री ओलीबारे खोले यस्तो रहस्य
images

बुटवल । प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली श्री ३ महाराजधिराज बन्ने गरी निरकुंश र स्वच्छेयाचारी रुपमा अघि बढेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा बिहीबार लुम्बिनी प्रदेशको बुटवलमा भएको विरोध सभामा बोल्दै प्रचण्डले ओलीप्रती तीब्र असन्तुष्टि जनाए । ‘केपी ओलीले अहिले संविधानलाई अतिक्रमण गर्ने, लोकतन्त्रको हत्या गर्ने र कहीं न कहीं आफूलाई श्री ३ महाराजधिराज बन्ने सपना देखेका छन्,’ उनले भने, ‘तर, २ सय ५० वर्ष पुरानो शाही राजतन्त्रलाई लात्तीले हिर्काएर उसको श्रीपेच खोसेर जंगल पठाउने नेपाली जनताले अबको केही महिनाभित्रै ओलीको निरकुंशता पनि चुट्कीको भरमा ध्वस्त पार्नेछन्’ । 'केही महिनाभित्र यो ओलीको स्वेच्छाचारिता अन्त्य हुनेछ । नेपाली जनता विजयी हुनेछन् ।’

आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री र पार्टी अध्यक्ष नै सामन्ती निरकुंशताको एजेन्ट जस्तो भूमिकामा देखा परेकोमा प्रचण्डले चिन्ता जनाए । ‘मैले बडो उदारतापूर्वक प्रधानमन्त्रीमा सहयोग गरें’ उनले सभामा भने, ‘तर, ओलीजी, पार्टी एकताको तीन वर्ष नपुग्दै एकताका बेला गरिएको सहमति र चुनावी घोषणा पत्रको मर्मविपरीत निरकुंशतातर्फ अघि बढ्नु भयो, यो भन्दा दुर्भाग्य अरु के हुन सक्छ ।’

उनले किसानका समस्या समधान गर्ने, महँगी भ्रष्टाचार नियन्त्रण गर्ने, मधेसी, आदिवासी, दलित, जनजाती, महिला, मुस्लिम सबै उत्पीडित र विभेदमा परेका समुदायलाई न्याय, समानता र सम्मान दिने कुरा कहानीजस्तै बनेको बताए ।

ओली गलत बाटोबाट हिँडेको भन्दै आफूहरु देशलाई अब नयाँ युगतिर लिएर जाने अभियानमा लागेको उनको दाबी थियो ।

किसानका समस्या समाधान गर्ने, युवालाई रोजगारी दिने आयोजनामा केन्द्रित हुने, विकास र समृद्धिका योजना लिएर अघि बढ्ने गरी आफूहरु पार्टीलाई दिशानिर्देश गर्न लागेको उनले बताए । ‘हामी यो देशमा सबैलाई समानता र स्वतन्त्रताको नयाँ युगमा लिएर जाने छौं,’ उनले भने, ‘दुई वर्षभित्र नयाँ नेपाल निर्माण गरीछाड्ने छौं ।’

images
प्रकाशित मिति :माघ १६, २०७७ शुक्रवार - ००:०६:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology