Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको सुनाकोठीबाट ६ जुवाडे पक्राउ

ललितपुरको सुनाकोठीबाट ६ जुवाडे पक्राउ

दैनिकी न्यूज

१६, माघ २०७७
ललितपुरको सुनाकोठीबाट ६ जुवाडे पक्राउ
images

ललितपुर । ललितपुर महानगरपालिका–२६ सुनाकोठी, सिमाखुस्थित खोटाङ मजुवागढी घर भई हाल सोही ठाउँ बस्ने ४० वर्षीया शर्मिला राईको टहरामा तास खेलिरहेका अवस्थामा राई लगायत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला खोटाङ रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ घर भई हाल ललितपुर–२६ वस्ने वर्ष ४० को सविना राई, वर्ष वर्ष ३८ का दिपेन्द्र राई, खोटाङ केपिलास गढी–५ घर भई हाल सुनाकोठी बस्ने वर्ष ३४ को सानुभाई राई, खोटाङ साकेला–३ घर भई हाल सुनाकोठी बस्ने वर्ष २५ को भोलाकाजी गुरुङ रहेका छन् ।

त्यस्तै सोलुखुम्बु जिल्ला बाकु गाउँपालिका वडा नं. १ घर भई हाल सुनाकोठी बस्ने वर्ष ३२ को चन्द्रकला राई र भोजपुर जिल्ला हतुवागढी गाउँपालिका वडा नं. ९ घर भई हाल सुनाकोठी बस्ने वर्ष ४६ को सन्ते तामाङ रहेको प्रहरीले जनाएको छ ।

तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीटोेलीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा ४२ हजार ८ सय ७० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई ७ दिनको म्याद थप भई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने वृत्त चापागाउँका डीएसपी टेकबहादुर कार्कीले बताए ।

images
प्रकाशित मिति :माघ १६, २०७७ शुक्रवार - १४:३०:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology