Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बिराटनगरबाट प्रचण्डले ओलीलाई दिए कडा चेतावनी !

बिराटनगरबाट प्रचण्डले ओलीलाई दिए कडा चेतावनी !

दैनिकी न्यूज

१७, माघ २०७७
बिराटनगरबाट प्रचण्डले ओलीलाई दिए कडा चेतावनी !
images

विराटनगर । प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष प्रचण्डले जरुरी परे प्रतिनिधिसभा बैठक बस्ने चेतावनी दिएका छन् । शुक्रबार बिराटनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको बताए । ‘केपी ओलीलाई संसद विघटन गर्ने अधिकार दिएको छैन,’ उनले भने, ‘जरुरी पर्‍यो भने बैठक बस्छौं । सभामुखले बैठक बोलाउँछन्, हामी उपस्थित हुन्छौं ।’  

यद्यपि सर्वोच्च अदालतले सही फैसला गर्छ भनेर अहिले बैठक नबसेको उनले सुनाए । ‘सर्वाेच्चले पक्कै पनि संविधान र लोकतन्त्रको भावना अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौं,’ उनले भने, ‘जरुरी परे, म बिराटनगरबाट भन्दैछु सिङ्गो देशले सुने हुन्छ, जरुरी पर्‍यो भने हामी संसद बैठक बोलाउछौंं र यो अपराधीलाई कारवाही गर्छौं ।' किनकी संविधानले हामीलाई बैठक बस्ने अधिकार दिएको छ, ओलीलाई विघटन गर्ने अधिकार दिएको छैन ।'  

ओली प्रतिक्रियावादीहरुको गोटी बनेको र सामन्ति दलालहरुसामू लम्पसार परेको उनको आरोप छ । संसद भंग गरेर प्रधानमन्त्री ओली श्री ३ हुन खोजेको भन्दै उनले त्यसलाई सफल हुन नदिने बताए । त्यसका लागि काठमाडौंमा माघ २८ गते निर्णायक प्रदर्शन गर्ने तयारी भइरहेको भन्दै उनले धेरै आउन सम्भव नभए पनि प्रतिनिधिमुलक रुपमा उपस्थित हुन प्रदेश १ का नेता कार्यकर्तालाई आग्रह गरे ।

images
प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - ००:०१:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology