Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रधानमन्त्री ओलीको कार्यक्रम रोक्न चितवनमा के-के भयो ?

प्रधानमन्त्री ओलीको कार्यक्रम रोक्न चितवनमा के-के भयो ?

दैनिकी न्यूज

१७, माघ २०७७
प्रधानमन्त्री ओलीको कार्यक्रम रोक्न चितवनमा के-के भयो ?
images

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीको चितवन हुन लागेको सभा रोक्ने प्रयास भएको छ । प्रतिनिधि सभा विघटन गर्ने ओली कदमको विरुद्ध चरणबद्ध आन्दोलनमा रहेका प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले भरतपुरका मुख्य सडकमा टायर बालेका छन् । यस्तै नारायणगढको मुख्य बजारको सडकमा १० हजार पर्चा छरेको अनेरास्ववियूका केन्द्रीय सदस्य सुरज सिंह ठाकुरले जानकारी दिए । अनेरास्ववियू लेखिएको कालो पर्चामा असंवैधानिक कदम खारेज गर, प्रतिगामीहरु होसियार, जनमतको कदर गर , निरंकुशता लाद्न पाइदैन लगायतका नारा लेखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज चितवनको भरतपुरमा आउने कार्यक्रम छ । प्रधानमन्त्री केपी ओली चितवन आएर आफ्नो सम्बोधन अघि महानगरीय सिटीहल र पुलचोक–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्दै छन् । यसको भरतपुर महानगरपालिका र प्रचण्ड–माधव पक्षीय नेकपा चितवनले दुई छुट्टाछुट्टै कार्यक्रम गर्दै पत्रकार सम्मेलन मार्फत शुक्रबार विरोध गरेका थिए । महानगर र नेकपा चितवनले कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले राज्यशक्तिको दुरुपयोग गर्दै व्यक्तिगत चर्चाका लागि काम सुरु भएको योजना शिलान्यास गर्न आएको आरोप लगाएका छन् । महानगरपालिकाको निरन्तर पहलमा सुरु भएको र तीव्र गतिमा काम भएको अवस्थामा महानगरसँग समन्वय र जानकारी नगराई परियोजनाको शिलान्यासको तयारी गरेर प्रधानमन्त्रीले जस लिन खोजेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताएकी छिन् भने नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजितले ओली समूहका केही व्यक्तिले जिल्लामा नेकपा जिल्ला कमिटीको नाममा गतिविधि गरेकोमा आपत्ति जनाएका थिए ।

images
प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - १३:५१:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology