Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एक्कासी स्थगित गरियो वाग्मती प्रदेश सभा बैठक

एक्कासी स्थगित गरियो वाग्मती प्रदेश सभा बैठक

दैनिकी न्यूज

१८, माघ २०७७
एक्कासी स्थगित गरियो वाग्मती प्रदेश सभा बैठक
images

हेटौंडा । सोमबार (भोलि) का लागि तय भएको वामगती प्रदेश सभा बैठक स्थगित गरिएको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बैठक फागुन ५ गतेसम्मका लागि स्थगित गरेका हुन् । प्रदेश सभाको सचिवालयले आइतबार राति प्रदेश सभासदहरुलाई सूचना गरेर सोमबार आयोजना गर्ने भनी तय भएको बैठक स्थगित गरिएको जनाएको छ। मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि सोमबारबाट छलफल हुने कार्यक्रम तय गरिएको थियो।  सोमबारबाट मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने तय भएको थियो। त्यसका लागि धेरैजना सांसद हेटौडा पुगिसकेका छन् । राजनीतिकरुपमा विभाजित भएको नेकपाको अध्यक्ष प्रचण्ड-नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ। १ सय १० सदस्यीय प्रदेश सभामा नेकपाका ८० सांसद रहेकामा ४५ जनाले पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। प्रस्ताव पारित गर्नका लागि ५६ मत आवश्यक पर्छ। अहिले अविस्वासको प्रस्ताव ल्याउने नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रस्तावको पक्षमा बहुमत पुर्‍याउन र मुख्यमन्त्री पौडेल प्रस्तावको विपक्षमा बहुमत पुर्‍याउनका लागि तिब्र कसरतमा लागेका छन्। दुवै पक्षले नेपाली कांग्रेससँग निरन्तर वार्तामा रहेका छन्। तर कांग्रेसले कसलाई साथ दिने भनी कुनै निर्णय नगरिसकेको बताएको छ।

images
प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - २२:५८:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology