Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सरकारले दुई वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ह्वात्तै बढाउने !

सरकारले दुई वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ह्वात्तै बढाउने !

दैनिकी न्यूज

२०, माघ २०७७
सरकारले दुई वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ह्वात्तै बढाउने !
images

काठमाडौं । सरकारले आगामी दुई वर्षभित्र प्रतिव्यक्ति आय १४ सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । अहिले नेपालको प्रतिव्यक्ति आय १ हजार ९७ अमेरिकी डलर रहेको छ । दुई वर्षभित्र प्रतिव्यक्ति आय ३ सय ३ अमेरिकी डलरले वृद्धि गर्ने सरकारको लक्ष्य रहेको राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले बताए । यो अवधिमा न्यूनतम ४ वटा राष्ट्रिय गौरवका आयोजना पूरा हुने क्रममा छन् । ती आयोजना सम्पन्न हुनेबित्तिकै अर्थतन्त्र चलायमान हुने र दुई वर्षभित्र प्रतिव्यक्ति आय ३ सय अमेरिकी डलर बढ्ने शाहीको भनाइ छ । त्यस्तै, कोरोना खोपपछि अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउने र अर्थतन्त्रको आकारमा वृद्धि भई लक्ष्य पूरा हुने उनको दाबी छ । त्यस्तै, विसं २१०० मा नेपाललाई उच्च आयस्तरको विकसित मुलुकमा रूपान्तरण गरिने आयोगले तयार गरेको दीर्घकालीन सोचको मार्गचित्रमा उल्लेख छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको पूर्ण बैठकले २१०० सम्ममा प्रतिव्यक्ति आय १२ हजार १ सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य निर्धारण गरेको छ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सन् २०२२ भित्र नेपाललाई अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

images
प्रकाशित मिति :माघ २०, २०७७ मंगलवार - ०९:०१:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology