Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्ने

प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्ने

दैनिकी न्यूज

२१, माघ २०७७
प्रचण्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्ने
images

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रतिनिधि सभा विघटन विरुद्ध भोली (बिहीबार) देशव्यापी आमहड्ताल गर्ने निर्णय गरेको छ।

बिहीबार देशव्यापी रुपमा राजनीतिक हड्ताल घोषणा गर्न अहिले २ बजे पार्टी कार्यालय पेरिस डाँडामा आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौंमा जनसभा आयोजना गरेको अघिल्लो दिन प्रचण्ड–नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो।

सरकारले संवैधानिक निकायहरूमा जबर्जस्ती पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड(नेपालले त्यसको विरोधमा आमहड्ताल गर्न लागेको हो।

संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले संसदीय सुनुवाइबिनै आज सपथ लिएका छन्।

आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने भएकाले यो नेपाल बन्दजस्तै विरोध प्रदर्शन हो।

images
प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - १३:०२:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology