Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या

चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या

दैनिकी न्यूज

२६, माघ २०७७
चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या
images

काठमाडौं । पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। २०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन्। २०७०–०७१ मा मुलुकभर बलात्कारका ९ सय ५ वटा घटना भएका थिए। २०७६–०७७ सम्म आइपुग्दा दुई गुणा बढेर २ हजार १ सय ४६ वटा घटना भएको प्रहरी अभिलेखमा छ।


प्रदेश १ मा बढी घटना भएको देखिन्छ। २०७४–७५ मा ३ सय ४८, २०७५–७६ मा ५ सय ४८, २०७६–७७ मा ४ सय ८५ र २०७७–७८ को पुससम्म ३ सय २५ वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

संख्यात्मक रूपमा प्रदेश १ मा धेरै घटना देखिए पनि वृद्धि भने सुदूरपश्चिममा देखिन्छ। प्रहरी मुख्यालयका अनुसार ०७४र७५ मा सुदूरपश्चिममा ९३ वटा बलात्कारका घटना भएका थिए। २०७५–०७६ मा १ सय ७१, २०७६–७७ मा २ सय १ र २०७७–०७८ को पुससम्म १ सय २३ वटा घटना भएको देखिन्छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - ०७:०३:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology