Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या

चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या

दैनिकी न्यूज

२६, माघ २०७७
चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या
images

काठमाडौं । पछिल्लो झन्डै चार वर्षमा १७ जनाको बलात्कारपछि हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। २०७४ सालयता बलात्कारका घटना ७ हजार १ सय ७० वटा भएकामा १७ जना मारिएका हुन्। २०७०–०७१ मा मुलुकभर बलात्कारका ९ सय ५ वटा घटना भएका थिए। २०७६–०७७ सम्म आइपुग्दा दुई गुणा बढेर २ हजार १ सय ४६ वटा घटना भएको प्रहरी अभिलेखमा छ।


प्रदेश १ मा बढी घटना भएको देखिन्छ। २०७४–७५ मा ३ सय ४८, २०७५–७६ मा ५ सय ४८, २०७६–७७ मा ४ सय ८५ र २०७७–७८ को पुससम्म ३ सय २५ वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

संख्यात्मक रूपमा प्रदेश १ मा धेरै घटना देखिए पनि वृद्धि भने सुदूरपश्चिममा देखिन्छ। प्रहरी मुख्यालयका अनुसार ०७४र७५ मा सुदूरपश्चिममा ९३ वटा बलात्कारका घटना भएका थिए। २०७५–०७६ मा १ सय ७१, २०७६–७७ मा २ सय १ र २०७७–०७८ को पुससम्म १ सय २३ वटा घटना भएको देखिन्छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - ०७:०३:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology