चरिकोट । दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ।
गाउँपालिकाले यही माघ २९ गतेदेखि फागुन १ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत राजुप्रसाद साहले जानकारी दिए।
गाउँपालिकाका अधिकांश वडामा तामाङ समुदायको बाहुल्यता रहेको छ। ती समुदायले यही माघ ३० गते विशेष पर्वको रुपमा २८५७ आँ लाङ म्हे (गाई वर्ग) ल्हो सोनामा ल्होछार मनाउँदै छन्।
गाउँपालिकाका अध्यक्ष भरत दुलालले हरेक समुदायको सांस्कृतिक रीतिरिवाज पालिकाको सम्पत्ती रहेकोले यसको संरक्षण र प्रवर्द्धन गर्न सार्वजनिक बिदा दिने घोषण गरिएको बताए।
काभ्रेको चौंरीदेउरालीमा पनि बिदा
काभ्रेको चौंरीदेउराली गाउँपालिकाले पनि तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७औँ लाङ ९म्हे० सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँसभाले यही माघ २९, ३० र फागुन १ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विनोद घिसिङले बताए।
सोनाम ल्होछारको प्रवर्द्धन र विकास गर्नु स्थानीय सरकारको दायित्व भएकोले सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिए।
गाउँपालिकाले गाउँपालिकास्तरीय ल्होछार सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ।
यसअघि नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाले पनि ल्होछारको अवसरमा तीन दिन सार्वजनकि बिदा दिने निर्णय गरिसकेको छ।