Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काठमाडौंको विरोध सभामा प्रचण्डको त्यो भाषण

काठमाडौंको विरोध सभामा प्रचण्डको त्यो भाषण

दैनिकी न्यूज

२८, माघ २०७७
काठमाडौंको विरोध सभामा प्रचण्डको त्यो भाषण
images

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरुद्धमा प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा विशाल विरोध सभा गरेको छ । विरोध सभामा अध्यक्ष प्रचण्डले केपी ओलीको धम्कीमा आएर निर्णय नगर्न निर्वाचन आयोगलाई सुझाव दिए । प्रचण्डले मंगलबार निर्वाचन आयोग पुगेर ओलीले धम्काएको समेत बताए । 'संवैधानिक निकायले राम्रोसँग बुझुन् । केपीका डर, धाकधम्की हैन । हिजो निर्वाचन आयोगमा गएर केपीजीले ३० दिन कट्यो... काइते कुरा । काइते कुरा गर्ने केपीले गएर धम्काउनु भएछ । अहिले आयोगका केही केही मान्छेहरु खोई के हो के हो ? अहिले नभनौं, भन्यो भने फेरि बिग्रने हो कि,’ अध्यक्ष प्रचण्डले भने, 'तर, ७० प्रतिशत केन्द्रीय सदस्य एकातिर हुँदाहुँदै । हामीले सुरुमा गएका भनेका हौं हामी हो पार्टी भनेर । ३० दिन त के १० दिन पनि पुगेको थिएन हामी जाँदा । त्यसलाई हिसाब नगर्ने अनि केपी ओलीले गएर धम्काउँदा बित्तिकै त्यसैलाई मात्रै हेर्नुभयो भने तपाईंहरुको खुट्टी पनि देख्छन् नेपाली जनताले । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’ ओली भगवानको शरणमा गए पनि आफूहरुका लागि जनता नै भगवान् भएको उनको भनाइ छ । तर, ओली अझै पनि सच्चिने भन्दा मुर्खता गर्ने पक्षमा रहेको  भनाइ छ । 'केपीजी तपाईं भ्रममा कतिदिन बाँच्‍ने हो ? तपाईंलाई म सल्लाह दिन चाहन्छु । तपाईंले साह्रै ठूलो अपराध गर्नुभयो । राष्ट्रका विरुद्ध, जनताका विरुद्ध । तपाईंले अलिकति आफूलाई ठाउँ राख्ने हो तुरुन्तै राजीनामा दिनुस्, पश्चाताप गरेर वक्तव्य निकाल्नुस्,’ उनले भने, 'तपाईंलाई अलिकति ठाउँ नेपाली जनताले दिन सक्छन् । तपाईं अझै मूर्खता गर्नेमा हुनुहुन्छ । तपाईं अझै निरंकुशतातिर जानेमा हुनुहुन्छ । तपाईं आजकल जनताको शरणमा भन्दा भगवानको शरणमा जानु भएको छ ।' 'नेपाली जनता हाम्रा भगवान हुन् । हामी तपाईंहरु जनताको शरणमा छौं । जनताको धार्मिक आस्थाप्रति हाम्रो सम्मान छ । सबै धर्म, सम्प्रदाय र त्यसमा आस्था राख्ने जनताप्रति हाम्रो सम्मान छ,’ दाहालले भने । 'केपी ओलीले नहुने चुनाव घोषणा गरेको भन्दै प्रचण्डले भ्रममा नपर्न अन्य दललाई पनि आग्रह गरे । केपी ओलीले घोषणा गरेको चुनाव हुनेवाला होइन । कोही भ्रममा नपरौं,’ उनले भने, 'लोकतान्त्रिक आन्दोलनको छवि बनाएको नेपाली कांग्रेस, संघीय लोकतान्त्रिक गणतन्त्रको छवि बनाएको जनता समाजवादी लगायतका पार्टीहरु कुनै भ्रममा पर्न आवश्यक छैन ।’ लोकतन्त्र र संघीय गणतन्त्र खतरामा छैन भन्ने पुष्टि गर्न अहिले कांग्रेसलाई अवसर भएको दाहालले बताए । 'देशमा लोकतन्त्र अब खतरामा छैन भन्ने पुष्टि गर्ने अवसर कांग्रेसलाई हो । कांग्रेसका कार्यकर्तालाई म अपील गर्न चाहन्छु । यो अवसर गुम्न नदिनुस् । हामी तपाईंहरुसँग हातेमालो गर्न तयार छौं,’ प्रचण्डले भने । नेपालमा लोकतन्त्रको हत्या हुन लाग्दा लोकतन्त्रको पक्षमा रहेका अन्तर्राष्ट्रियस्तरबाट पनि समर्थन चाहेको दाहालले बताए । 'सबै अन्तर्राष्ट्रिय देशहरु खासगरी छिमेकी देश जो लोकतन्त्रको पक्षमा छन् । नेपालमा लोकतन्त्रको हत्या भइराखेको छ,’ उनले भने, 'यो बेला संसारभरका लोकतान्त्रिक मूल्य मान्यतालाई समर्थन गर्नेहरुबाट सहयोग र सद्भाव चाहेका छौं । दायाँबायाँ हुने छैन भन्ने भरोसामा छौं ।’

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - २०:१३:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology